३-३ वडाको लागि एउटै वडा सचिव !

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन् । कर्मचारी अभावले अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को कार्य वडा सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका सहयोगीका रुपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन उनीहरूलाई निकै समस्या भएको छ ।

‘सेवाग्राहीको चाप अधिक हुँदा काम गर्न भ्याई नभ्याई भएको छ’ वडा सचिव अवस्थीले भने। सेवाग्राहीको अधिक भीडभाड हुने वडा नं ८, ९ र १० मासमेत एकजना मात्रै स्थायी कर्मचारी वडा सचिवका रुपमा कार्यरत रहेका छन्। यसैगरी, वडा नं ६, ७ र ११ का लागि समेत एकजना मात्रै सचिव छन्। कर्मचारी अभावले नगरपालिकाले तीनवटै ठाउँमा संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको हो।

नगरपालिकाको वडा नं १ र १२ भने छुटृा–छुटृै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ। नगरपालिकाका १२ वटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्न कर्मचारी अभावले सकिएको छैन नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन गाह्रो भएको छ।’

कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दै आए पनि कर्मचारी पाउन नसकिएको उनले बताए। उक्त नगरपालिकामा झण्डै एक लाख बढी जनसंख्या छ उनले भने, ‘सेवा दिनका लागि १४/१५ जना कर्मचारीले पनि भ्याउन सकिँदैन।’

नगरपालिकामा हाल कार्यकारी अधिकृत एक, नायब सुब्बा एक, लेखा अधिकृत एक, लेखापाल एक, खरिदार तीन, प्राविधिक सहायक दुई, अमिन एक, कम्प्युटर सहायक एक र चारजना कार्यालय सहयोगी छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।