अपडेट : घाइते गौचनको उपचारको क्रममा मृत्यु !

काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका थिए । घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो । बानेश्वर प्रहरीका डिएस्पी रवि कुमार पौडेलका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए ।

लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि दुईवटा गोली प्रहार गरेका थिए । उनको छाती र कोखामा गोली लागेको बताइएको छ ।

गोली प्रहारपछि ड्राइभरले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि गौचनको शरीरबाट रगत बगेको देखेपछि उनलाई सोही गाडीमा राखेर अस्पताल तर्फ लगेका थिए । स्थानीयका अनुसार गौचन अचेत अवस्थामा थिए ।

घटना हुँदा उनी घरतर्फ फर्कदै थिए । उनको घर घटनास्थलबाट नजिकै रहेको छ ।

गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए ।

प्रहरी यति बेला घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।

के कारणले उनीमाथि गोली प्रहार गरिएको भन्ने खुलेको छैन ।

ठेक्कापट्टा र गुण्डाहरुको सम्बन्ध रहँदै आएको विभिन्न समयमा घटेका घटनाहरुले पुष्टि गरेको छ । पछिल्लो समय राजधानीमा गुण्डागर्दी मौलाउनुको प्रमुख कारण ठेक्कापट्टा भएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

गौचन महासंघको महासचिव हुँदा रमेश बाहुन तथा कुमार घैंटेसँग पनि सम्बन्ध रहेको भन्ने खबरहरु बाहिर आएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖