बेरोजगार युवाहरुलाई खुसीको खबर, सरकारले माग्यो झण्डै एकलाख म्यादी प्रहरी !

काठमाडौं । मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वानको लागि सरकाले म्यादी प्रहरीको भर्ना सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यलयले मंलबार सूचना जारी गरी ९८ हजार २ सय ६८ म्यादी प्रहररिमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यलयले एक हप्ताको म्याद जारी गर्दै आजबाटै लागु हुने गरी सूचना जारी गरेको हो । म्यादी प्रहरीमा भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म जारी रहने जनाएको छ ।

फाईल फोटो

म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको छनौट भने कात्तिक ५ गतेदेखि ८ गतेसम्म सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । इच्छुक उम्मेदवारले दरखास्त ७५ जिल्लाका प्हरी कार्यलयमा दिन पाउने छन् ।

म्यादी प्रहरीको उम्मेदवार बन्न १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने छ । भने, कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रूपले तन्दुरुस्तले उम्मेदवारी दर्ता गर्न पाउने छन् । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

उपत्यकाको हकमा प्रहरी परिसरहरु काठमाडौँ, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छन् । भने नवलपरासी र रकुमको हकमा साविकको जिल्ला प्रहरी कार्यालयहरु रुकुम, नवलपरासीमा तोकिएको छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।