बैंकबाट निकालिएको ९ लाख ५० हजार दिनदहाडै लुटियो

राजविराज, २४ असोज । हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको रु नौ लाख ५० हजार आज अपराह्न लुटिएको छ ।

राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रकम रावा बैंकबाट लिई नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् ।
हलिमा खातुनका नाममा रहेको १९०२५ नंको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए ।

यसैबीच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।