राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ७ विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक प्रमाणीकरण गरेकी छन ।

नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक तथा भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।


