पूर्वराजा ज्ञानेन्द्रले भने,- मुलुक नेतृत्व विहीन भयो, जनताको इच्छा भए मुलुकको नेतृत्व लिन तयार छु  – भिडियो सहित

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताउनुभएको छ । उहाँले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार रहेको बताउनुभयो ।

शनिवार भाइटीकाको अवसरमा आफनी बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतबा टीका ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको बताउनुभयो ।

उहाँले जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको जनाएपनि यसलाई सक्रियताको रुपमा नहेर्न समेत आग्रह गर्नुभयो । भेटमा पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताउनुभएको थियो ।भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖