ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु ,
धनकुटा खबर । मोरङ । मोरङको लालभित्तीमा ट्रकको ठक्करबाट मंगलबार बिहान एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बिराटनगरबाट झापा जाँदै गरेको मे १ ख २०८७ नम्बरको महेन्द्र निशान ठक्कर दिंदा संखुवासभा जलजला गाउँपालिका ४ बस्ने बर्ष ५४ को छबिलाल बजगाईलाइईको मृत्यु भएके हो ।
बेलबारी नगरपालिका २ स्थित बिहान १० बजे ठक्करबाट गम्भीर घाईते बजगाईको धरानस्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ट्रक र चालक झापा कन्काई नगरपालिका ३ बस्ने बर्ष ३२ को भिष्म महतो लाई प्रहरीको नियन्त्रणमा लिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानीले जानकारी दिएको छ ।


