ट्रकको ठक्करबाट २ को मृत्यु

धनकुटा खबर, कार्तिक ९ । सवारी दुर्घटनामा परी झापा र सुनसरीमा २ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेमा ट्रकको ठक्करबाट स्कुटरमा सवार मेची नगरपालिका १२ बस्ने वर्ष १९ को रेवत सेवाको मृत्यु भएको हो ।

बिर्तामोडबाट इलाम जाँदै गरेको मे १ ख १९७६ नम्बरको ट्रकले इलामबाट झापा आउँदै गरेको मे ४ प ९१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएकी सेवाको बिर्तामोडको बि.एण्ड.सी अस्पताल मा उपचारको क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालक पाँचथर भारापा ८ बस्ने वर्ष २९ को भवानी रिजाललाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

त्यस्तै सुनसरीको बराह नगरपालिका ९ मा मोटरसाईकलको ठक्करबाट ठक्करबाट सोही नगरपालिका बस्ने पैदलयात्री वर्ष ८४ की लिला माया राईको मृत्यु भएको छ ।

प्रकाशपुरबाट राजावासतर्फ जाँदै गरेको को २५ प ८८४३ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएकी राईको उपचारका क्रममा बिराटनगरस्थित न्युरो हस्पिटले मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको क्षेत्रय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।