भोलि पनि सार्वजनिक विदा !
काठमाडौं, ९ कात्तिक । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार शुक्रबार पनि विदा दिइएको छ ।



