११ वर्ष र ६ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले २ जनालाई समात्यो

चितवन, कात्तिक १० । चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई समाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन्। आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० शिव शर्मा आचार्यका अनुसार बलात्कारको घटना भरतपुर र माडीमा भएको थियो । प्रहरीले ११ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा माडी नगरपालिका वडा नं। ८ का २२ वर्षीय सुरेश भन्ने चिजबहादुर गुरुङलाई समाएको डिएपी शर्माले बताए । घटना कात्तिक २ गते बेलुकी भएको थियो । गुरुङ पाँच गते समातिएका हुन्।

त्यस्तै कात्तिक ५ गते बेलुकी छ वर्षीया बालिका लाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं। ५ का ५२ वर्षीय देविप्रसाद अधिकारीलाई समातेको छ। अधिकारी सोही दिन गिरफ्तार भएका हुन्। दुवैजनालाई तत्कालका लागि पाँच दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको डिएसपी शर्माले बताए।

अदालतले पटक पटक गरेर २५ दिनसम्म हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अनुमति दिन सक्ने कानुनी प्रवधान छ । २५ दिनभित्र प्रहरीले अनुशन्धान पुरा गरेर आरोपितविरुद्ध मुद्दा चलाउन सक्छ। प्रहरी अनुशन्धानको आधारमा अदालतले तत्काल मुद्दा दायर गरे पनि उनीहरु दोषि हुन वा होइनन् भन्ने किटान गर्न दुवै पक्षको बहस सुनेर फैसला गर्ने परिपाटी छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।