काठमाण्डौँमा गोली चल्यो, पेस्तोलसहित ३ भारतिय पक्राउ

काठमाण्डौँ । काठमाण्डौमा पुनः गोली चलेको छ । प्रहरीका अनुसार राजधानीको कमलादीमा बुधवार साँझ एक राउण्ड गोली चलेको हो ।

प्रहरीले अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तीन भारतीय नागरिकलाइ पक्राउ गरेको छ । कमलादीको हेरीटेज प्लाजाभित्र गोली पड्केको आवाज आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न निजी कम्पनीहरुको कर्पोरेट कार्यालय रहेको प्लाजभित्र किन गोली पड्कियो भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार गोलीबाट कोही पनि घाइते भने भएका छैनन् ।

प्रहरीले ति तिन नागरिक काठमाडौमा ठुलै घटना घटाउन आएको आशंका गरेको छ भारतको रक्सौल हुदैँ नेपाल छिरेका ति नागरिकहरु किन आए भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । उक्त नागरिकहरु जसविर सिंह , अरविन्द सिंह र देबेन्द्र सिंह रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।