विप्लव समूहका जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला इञ्चार्ज रामबहादुर चौधरीसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिनुभयो । उहाँले निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहलाई समेत नियन्त्रणमा लिने बताउनुभयो ।

प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मिनगिरी, तपेन्द्र रसाइली र कैलारी गाउँपालिकाको हसुलीया क्षेत्रबाट जिल्ला इञ्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरेको थियो । त्यस्तै बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।