प्रहरीबाटै स्थानीयलाई दुर्ववहार !
अमृत बास्तोला / तेह्रथुम, ६ मंसिर । इलाका प्रहरी कार्यालय आठराई संक्रान्तिबजारको छलफल स्थलमा सधै गाउँघरका सामान्य मुद्दा, झै–झगडा लगायतका छलफल हुन्थ्यो ।
बुधबार बिहान प्रहरी कार्यालयको छलफल स्थालमा पूर्व सभास्द गणेशप्रसाद बिमली सहित होटल व्यावसायी, व्यापारी र स्थानीय बासीहरुको बाक्लो उपस्थिती थियो ।

पूर्व सभास्द बिमली सहित स्थानीय बासीहरु छलफलमा भेलाहुनुको मुख्य उद्देश्य रहेछ, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी सई कुलबहादुर खत्रीको ज्याजती बारे ।
संक्रान्तिबजारमा रहेको सिजी होटलमा गत मंसिर ४ बेलुकाका डियुटीमा रहेका प्रहरी सई खत्रीले व्यापारी रमेश सिटौला लगायत स्थानीलाई दुर्ववहार गर्नु भएको रहेछ । प्रहरी सई खत्रीले दुर्ववहार मात्र गर्नुभएन्, व्यापारी सिटौलालाई दिन गन्न र जेपनि हुन सक्ने धक्की दिनु भएको रहेछ । डियुटीमा रहेका प्रहरी सई मदिरा सेवन गरी होटलमा पुगेर तल्लो स्तरको अपशब्दले प्रस्तुत हुदाँ होटल आसपासको वातावरण अशान्त नै भएछ ।
जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहोल निकै तातेको बेला राजनीतिक जोड घटाउ गर्न प्रहरी सई खत्री निकै माहिर समेत रहेको खुलासा भयो । नेपाली काँग्रेसका नेता एवम् पूर्व सभासद बिमली सँग ४ गते बेलुकै होटलमा तेह्रथुमको राजनीतिक जोड घटाउको बहसनै चलेछ ।

रातो घेरामा रहेका स्थानीयलाई दुर्ववहार गर्ने ईलाका प्रहरी कार्यालयका सई कुलबहादुर खत्री बुधबार विहानको छलफलमा ।
राजनीतिक हिसाबमा काँग्रेसका नेता बिमली असहमत भएपछि प्रहरी सई झन आँक्रोसित हुनु भएछ । नेता बिमली सँगको चर्काचर्की पछि कार्यालय पुगेका प्रहरी सईलाई चित नबुझेर फेरी सिजी होटलमा राति प्रवेश गरी तल्लो स्तरको अपशब्द सहितको धम्कि सहित प्रस्तुत हुदाँ प्रहरी बाट संक्रान्तिबजार नै असुरक्षित भएको स्थानीयले महशुस गरेका रहेछन् ।
ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डम्बर पुरी विदामा जानु भएको रहेछ । कार्यालय प्रमुखको जिम्मेवारी समेत सई खत्रीले लिनु भएको रहेछ । उक्त घटना पछि विदामा रहनु भएका प्रहरी प्रमुख पुरी कार्यालयमा मंगलबार आएपछि बुधबार विहान छलफल भएकोे हो ।
छलफलमा जिम्मेवार प्रहरी बाटै स्थानीय बासीलाई दुर्ववहार भएपछि शान्ति सुरक्षाको प्रत्याभूती नभएको स्थानीय सहभागीहरुले बताएका छन् । प्रहरी सई खत्रीले दुर्ववाहार नभई मित्रतामा यस्तो घटाना हुने भएकाले सामान्य रुपमा लिएको बताउनु भयो । प्रहरी सईको यो मात्र पहिलो दुर्ववहारको घटना रहेनछ ।
प्रहरी सई खत्रीले स्थानीबासीलाई पटक पटक दुःख दिने, दुर्ववहार गर्ने, गालिगलोज गर्ने गरेको स्थानीय भोलानाथ काफ्लेले बताउनु भयो । प्रहरी सईलाई तत्काल कार्वाही हुनु पर्ने स्थानीयले माग गरेका छन् । छलफलमा प्रहरी प्रमुख पुरीले स्थानीयलाई दुर्ववहार गर्ने प्रहरी सईलाई विभागीय कार्वाही हुने बताउनु भयो ।


