मतपेटिका बोकेको गाडीमा बम विस्फोट

सिन्धुली, २१ मंसिर । हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ ।

आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो ।

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ ।

बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।