गच्छदारलाई सासूआमाले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्,– ‘अब देशको प्रधानमन्त्री हुनू ।’

बिराटनगर, २७ मंसिर। सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका विजयकुमार गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए ।

एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’

गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् ।

त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए ।

पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए । र, उनी अहिले निर्वाचन कार्यालयले वितरण गर्ने प्रमाणपत्र लिन एवं मतदातालाई धन्यवाद दिन सुनसरीको सदरमुकाम इनरुवातिर लागेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖