प्रत्यक्षतर्फ ८० स्थान जित्दै एमाले पहिलो, २३ स्थानसहित काँग्रेस तेस्रो

काठमाडाँै, २७ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस २३ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम १० स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका छन् । स्वतन्त्रतर्फ एक उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ पनि एमाले पहिलो दल भएको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये एमालेले १७० स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र ७२ स्थानमा विजयी भएको छ भने काँग्रेस ४० स्थानमा विजयी भएको छ ।

यसैगरी संघीय समाजवादी फोरम २४, राष्ट्रिय जनता पार्टी १६, नयाँ शक्ति पार्टी नेपाल दुई, राष्ट्रिय जनमोर्चा दुई, नेपाल मजदुर किसान पार्टी एक र स्वतन्त्र उम्मेदवार तीन स्थानमा विजयी भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।