३ नं प्रदेशको राजधानी हेटौँडालाई बनाउन माग

हेटौँडा (रासस) । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ ।

जिल्लाका जनताको भावनाअनुरुप राजनीतिक दल, सामाजिक संघ संस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइको छ।

राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनी निर्वाचन प्रचारबाजीको विषय बनाएकामा विरोधसमेत गरेको छ ।

“तत्काल राजधानी बनाउने दबाबलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारबाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ”–विज्ञप्तिमा भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।