सरकारी कर्मचारीको मिलोमतोमा कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, मंसिर २८ । प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए ।

कीर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्न सर्लाही, ब्रह्मपुरी गाउँपालिका–७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालयमा करारमा सहयोगी अजयकुमार यादव र सप्तरी, महदेवा गाउँपालिका–१ निवासी तथा राजविराज नगरपालिका–१० का वडासचिव मो वकिल मियाँ रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलोग्रामसहित विभिन्न मितिमा जारी चारथान नागरिकतासमेत उक्त गिरोहबाट बरामद गरिएको छ ।

सोही आरोपमा भारतको उत्तरदेनाजपुर, अन्तकोठा, थाना हेमन्तवाद बस्ने मो लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया, कोचाधामन निवासी र हाल झापा बिर्तामोड–१ बस्ने मो नवेद, सुनसरीको हरिपुर गाउँपालिका–८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका–४ निवासी मो सइरोलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट कीर्ते नागरिकता चारथान, मोबाइल ६ थान, सीमकार्ड, रु दुई लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी छाप ११ थान बरामद भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।