बलात्कारपछि हत्याको प्रयासमा संलग्न ४ जना प्रहरीको फन्दामा, श्रीमानकै साथीहरु भएको खुलासा

काठमाडौं । चार साताअघि अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

ललितपुरमा सामूहिक बलत्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेक तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताए।

पीडित पक्षले बलत्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले बताए। साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन् । कराउन थालेपछि मुख थुनेर बलत्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा टाउकोले ढुङगामा हानेको उनले बताएकी छिन् ।

पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलत्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले सनाखत गरेकी थिइन् । पक्राउ परेकाहरुले मदिरा र लागूऔषध सेवन गरेका थिए ।

बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरेका थिए । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी चोट थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।