ओलीलाई सम्झाइदिन प्रचण्ड समक्ष प्रधानमन्त्री देउवाको आग्रह !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता गर्नै नमिल्ने तर्क गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर विवादमा तान्न नहुने देउवाले बताएका हुन् ।

बालुवाटारमा शनिबार माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा देउवाले एमालेलाई सम्झाइदिन आग्रह गरे । उनले राष्ट्रपतिसमक्ष पठाइएको अध्यादेश तत्काल पारित गर्ने वातावरण बनाउन पनि प्रचण्डसँग आग्रह गरेका छन् ।

संवैधानिक प्रावधानअनुसार सरकारले पठाएको अध्यादेशमा राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर, देउवा नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणाली उल्लेख भएको र त्यस्तो निर्वाचन प्रणाली असंवैधानिक भएको एमाले अध्यक्ष केपी ओलीले बताउँदै आएका छन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएपछि मात्रै राष्ट्रियसभाको चुनावको बाटो खुल्ने भन्दै प्रधानमन्त्री देउवाले अध्यादेश पारित हुनासाथ आफूले सत्ता हस्तान्तरण गर्ने प्रचण्डलाई बताएका छन् ।

‘प्रधानमन्त्रीज्यू चाँडोभन्दा चाँडो बालुवाटार छाड्ने पक्षमा हुनुहुन्छ, उहाँले सत्ता लम्ब्याउन होइन । प्रचण्डलाई उहाँले यही भन्नुभएको छ,’ देउवाका प्रेस संयोजक गोबिन्द परियारले बताए ।

प्रधानमन्त्री देउवाले भेटको सुरुमा प्रचण्डलाई चुनाव जितेकोमा बधाइ दिएका थिए । देउवासँग छलफलका लागि पुगेका प्रचण्डले प्रमुख दलहरुवीच सहकार्य र सहमति गरेर समस्याको समाधान गरिनुपर्ने र सहज रुपमा निकासको वातावरण बनाइनुपर्ने देउवालाई बताएका थिए ।

शुक्रबार केपी ओलीसँग भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले दलहरुवीचको तित्तता हटाउन र सहमतिको वातावरण बनाउन शनिबार बिहान प्रधानमन्त्रीलाई भेटेको प्रचण्डनिकट स्रोतले बतायो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।