हड्डीको क्यान्सरबाट पीडित छोरी बचाइदिन पूर्व राष्ट्रिय खेलाडी लम्सालको अपील

भलिवलका पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना गरेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ साविक घाचोक निवासी लम्साल १४ वर्षीया छोरी अलिशा लम्साल हड्डीको क्यान्सरबाट पीडित भएर आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनले सहयोगको याचना गरेका हुन् ।

हड्डीमा क्यान्सर रोग लागेर काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार गराइरहेकी कास्की माछापुच्छ्रे गाउँपालिका–३ घाचोककी अलिसा लम्साल । आर्थिक अभावका कारण छोरीको उपचार गर्न नसकेपछि बाबु लेखनाथ लम्सालले सबैसँग सहयोगको याचना गर्नुभएको छ । तस्बिर : निमदत्त सुवेदी, पोखरा , रासस

अलिसा विगत २ वर्षदेखि हड्डीको क्यान्सरसँग लडिरहेकी छन् । उनको उपचार भइरहे पनि अझै निको भइसकेको छैन ।

शुक्ला गण्डकी माविमा कक्षा १० मा अध्ययनरत उनी विरामीकै कारण विद्यालय जानबाट बञ्चित हुँदै आएकी छन् । उपचारका लागि कहिले अस्पताल त कहिले थलिएर घरमै बस्नुपर्ने भएकाले उनी अध्ययनबाट बञ्चित भएको परिवारले जनाएको छ ।

२०७३ वैशाख देखि अलिसालाई गर्धनमा समस्या देखिएको र पछि त्यो दुखाईले टाउको चलाउनसमेत समस्या भएपछि चिकित्सको सल्लाहमा राजधानीको ग्राण्डी अस्पतालमा सर्भाईकल स्पाईन अप्रेसन गरिएको थियो ।

वायोस्पी परिक्षणमा हड्डीको क्यान्सर प्रमाणित भएपछि विभिन्न चरणमा राजधानीकै ग्राण्डी हस्पिटल, सिभिल अस्पताल, काठमाण्डौ क्यान्सर सेन्टरमा र पोखराको फिस्टेल हस्पिटलमा किमो र रेडीयोथेरापी गरिएको वुवा लेखनाथ लम्सालले जानकारी दिए ।

छोरीको उपचारको क्रममा ३२ लाख जति खर्चर् भइसकेको लम्सालले बताए । उनको स्वास्थ्यमा केहि सुधार भएपनि गत कात्तिकमा पुनः जचाउँदा क्यान्सर नघटेको रिपोर्ट आएपछि लम्साल परिवार चिन्तित बनेका छन् ।

अलिसाको बोन म्यारो ट्रान्सप्लान्टमार्फत निको पार्न सकिने भएपनि खर्च अभावमा उपचार गर्न नसकिएको बुबा लेखनाथ लम्सालले बताए । उनका अनुसार अलिसाको उपचारका लागि अझै २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्छ ।

तर, उक्त रकम आफूसँग नहुँदा उपचार गर्न असमर्थ भएको बताउँदै उनले मनकारीहरुलाई सहयोग गरिदिन आग्रह गरे ।

लेखनाथले नेपाल प्रहरीमा हुँदा प्रहरी टिमवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेले । सन् २००१ मा पाकिस्तानमा तय भएको भलिवलको नवौं साफ गेममा राष्ट्रिय टिममा समेत परेका उनले खेल स्थगित भएका कारण खेल्न भने पाएनन् ।

अलिसालाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुले उनको नाममा ओम डेभलपमेन्ट वैँक शाखा कार्यालय हेम्जामा खोलिएको बचत खाता नं ००५००७००१८१५५८०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।