नयाँनयाँ टर्निङ प्वाइन्टमा बहस शुरु : राष्ट्रपति दोहोरिने संभावना, नभए अर्को को ?

टिप्पणी / दामोदर नेपाल – काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार गठनको चर्चा स्वाभाविक छ । सँगसँगै नयाँ राष्ट्रपति को बन्ने भन्ने बहस पनि सान्दर्भिक छ ।

हुन त बाम गठबन्धन बनेसँगै पार्टी एकीकरण हुने र केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष र माधवकुमार नेपाल राष्ट्रपति बन्ने सहमति भएको चर्चा चलेको थियो । तर, पछिल्लो समय यो चर्चामा त्यति ध्यान टिकेको छैन । नयाँनयाँ टर्निङ प्वाइन्टमा बहस चलेका छन् ।

नयाँ राष्ट्रपतिको चर्चामा माधव नेपाल सबैभन्दा धेरै चर्चामा रहे । बाम गठबन्धन तयार हुने बेला नै उनलाई राष्ट्रपति बनाउने ‘जेन्टलम्यान एग्रीमेन्ट’ भएको चर्चा चलेको हो । माओवादी एमालेभित्रका अन्य सम्भावित व्यक्तिहरुको बारेमा विश्लेषण गर्दा पनि नेपालकै प्रबल दावेदारी देखिन्छ । तर, नेपाल आफैंले पछिल्लो समय राष्ट्रपति नबन्ने अडान प्रस्तुत गरेका चर्चा चलेको छ ।

केहीले त नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहको नाम पनि चर्चामा ल्याएका छन् । सिंह अहिलेका सिनियर कम्युनिष्ट नेता सबैजसोका गुरु हुन् । गुरु भनेर नै चिनिने मोहनबिक्रम अर्धभूमिगत छन् र उनी लाभका पदमा बहाल रहने गरेका छैनन् ।

नेपालले पछिल्लो समय आफूले तत्कालै सक्रिय राजनीतिबाट सन्यास नलिने संकेत गरेबाट उनी राष्ट्रपति नबन्ने छनक पाउन सकिन्छ । किनकि राष्ट्रपति हुने व्यक्तिको सक्रिय राजनैतिक जीवन समाप्त हुन्छ । राष्ट्रपति पदबाट रिटायर भएसँगै पुनः सक्रिय राजनीतिमा फर्किन परम्परा छैन । राष्ट्रपति भयसकेको व्यक्तिले पुनः सक्रिय राजनीति गर्न नपाइने संवैधानिक व्यवस्थाका कारण नेपालले त्यो ‘रिटायर्ड लाइफ’ बाँच्न नचाहेको हुन सक्छ ।

यदि नेपाल राष्ट्रपति हुन चाहेनन् भने विकल्प के ? एकथरी विश्लेषकहरुले माओवादी नेता रामबहादुर थापालाई विकल्पका रुपमा उभ्याएका छन् । उनी माओवादीका केन्द्रीय तहका नेता हुँदाहुँदै पनि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएनन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नभएका तर पार्टीभित्र सिनियर उनलाई व्यवस्थापन गर्ने उत्तम विकल्प राष्ट्रपतिको पद नै हो भनेर चर्चा गरिएको छ । अघिल्लो पटक राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छान्ने बेला माओवादीले यस्तै गरी अन्यत्र व्यवस्थापन नगरिएका नेता नन्दबहादुर पुनलाई उपराष्ट्रपतिमा व्यवस्थापन गरेको थियो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोस्रो कार्यकालको लागि राष्ट्रपति बनाउने कि ? झट्ट सोच्दा केही असहज लाग्ने यो विकल्प गम्भीरताका साथ सोच्दा मुलुकको हितअनुकूल हुने तर्क पनि छ । यसले राज्यकोषमाथि भार कम गर्नेदेखि लिएर ठूला दुई कम्युनिष्ट घटकका लागि व्यवस्थापनमा पनि सहज हुन्छ ।

केहीले त नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहको नाम पनि चर्चामा ल्याएका छन् । सिंह अहिलेका सिनियर कम्युनिष्ट नेता सबैजसोका गुरु हुन् । गुरु भनेर नै चिनिने मोहनबिक्रम अर्धभूमिगत छन् र उनी लाभका पदमा बहाल रहने गरेका छैनन् । माओवादीका सबैभन्दा सिनियर भनिएका नेता मोहन बैद्यसम्म मोहनबिक्रमका शिष्य हुन् ।

मोहनबिक्रमलाई सम्मान दिनकै लागि उनलाई राष्ट्रपति बनाइन सक्ने केहीको तर्क छ । तर, मोहनबिक्रमलाई राष्ट्रपति बनाउँदा उनीजस्तै सिनियर कम्युनिष्ट नेता चित्रबहादुर केसी र नारायणमान बिजुक्छेलाई छान्न सकिने पनि तर्क छ । चित्रबहादुर त यसपटक समानुपातिक उम्मेदवार थिए । तर, बिजुक्छेले सक्रिय राजनीतिबाट सन्यास लिइसकेको घोषणा गरिसकेका हुँदा उनी पनि राष्ट्रपतिको लागि योग्य पात्र हुने विश्लेषण गरिँदैछ ।

यी धेरै विकल्पका बीचमा अर्को गजबको विकल्प पनि उत्तिकै चर्चायोग्य छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोस्रो कार्यकालको लागि राष्ट्रपति बनाउने कि ? झट्ट सोच्दा केही असहज लाग्ने यो विकल्प गम्भीरताका साथ सोच्दा मुलुकको हितअनुकूल हुने तर्क पनि छ । यसले राज्यकोषमाथि भार कम गर्नेदेखि लिएर ठूला दुई कम्युनिष्ट घटकका लागि व्यवस्थापनमा पनि सहज हुन्छ ।

राष्ट्रपति पदबाट रिटायर भएसँगै भण्डारीका लागि आवास, सचिवालय, सुरक्षा व्यवस्था लगायतका काममा राज्यकोषमाथि भार थपिन्छ । यसअघि रिटायर भइसकेका पूर्व राष्ट्रपति रामबरण यादवको लागि राज्यले यी सबै कुरा व्यवस्थापन त गरेको छ । तर राज्यले यादवप्रति देखाएको व्यवस्थापकीय उदासीनतालाई हेर्दा दोस्रो राष्ट्रपति भण्डारीका हकमा पनि त्यस्तो नहोला भन्न सकिन्न । वर्तमान राष्ट्रपतिलाई दोस्रो कार्यकाल पनि सुम्पिदा राज्यमाथि भार कम गर्नेछ ।

भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । तर दोस्रो संविधानसभाको निर्वाचनपछि राष्ट्रपतिको निर्वाचनसम्म भएको ढिलाईले गर्दा मुलुककै प्रथम महिला राष्ट्रपतिको कार्यकाल सबैभन्दा छोटो अवधिको भएको छ । संविधानमा राष्ट्रपतिको कार्यकाल ५ वर्ष तोकिए पनि संक्रमणकालको नाममा प्रथम महिला राष्ट्रपतिको कार्यकाल यतिसम्म छोट्याइयो कि भण्डारी २ वर्ष मात्र पदमा बहाल रहन पाइन् ।

प्रथम राष्ट्रपति यादवको ७ वर्षे कार्यकाल हेरेका हामीले मुलुककै प्रथम महिला राष्ट्रपतिको कार्यकाल २ वर्षमै टुंगिन दिनु पक्कै न्यायोचित देखिँदैन । अतः भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउनु जायज हुने तर्कमा दम छ ।

राष्ट्रपति पदबाट मुक्त भएपनि रिटायर्ड जीवन बिताउनुपर्ने संवैधानिक व्यवस्था छ । पूर्व राष्ट्रपति रामबरण यादव यस्तै रिटायर्ड लाइफ बाँच्दैछन् । उनको उमेरका हिसाबले पनि यो ठिकै देखिन्छ । राष्ट्रपति बदबाट मुक्त हुँदा यादवको उमेर ६८ वर्ष थियो । यो सामान्यतया रिटायर हुने समय हो ।

२००४ साल माघ २२ गते जन्मेका यादव अहिले ७० वर्ष भए । तर, वर्तमान राष्ट्रपति २०१८ साल असार १५ गते जन्मिएकी हुन् र उनको उमेर ५६ वर्ष मात्र छ । उमेरका हिसाबले समेत उनलाई अहिल्यै रिटायर गर्न उचित नदेखिने र उनको व्यवस्थापनको लागि अन्य विकल्प नभएका कारण उनैलाई राष्ट्रपति बनाउनु जायज देखिन्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यीमध्येका एक पदका लागि पुरुष ‘क्याण्डिडेट’ सहजै उपलब्ध छन् । जसलाई कहिँ न कहिँ व्यवस्थापन गर्नु जरुरी छ । तर, महिला ‘क्याण्डिडेट’ खोज्नुपर्ने अवस्था छ । एमालेका सिनियर नेताहरु माधव नेपालले सक्रिय राजनीतिमा चासो देखाएका छन् ।

झलनाथ खनाल यत्तिकै पनि सांसद छँदैछन् । निर्वाचनमा पराजित भएका नारायणकाजी श्रेष्ठ सक्रिय राजनैतिक करिअर अन्त्य गर्ने अवस्थामा छैनन् । तर माओवादी नेता बादलले चुनावमै उम्मेदवारी नदिएर बसेका हुँदा उनी कतै न कतै उपराष्ट्रपतिका लागि ‘फिट’ हुन सक्ने संकेत देखाएका छन् । यस्तो अवस्थामा महिला क्याण्डिडेट खोज्न जानुभन्दा भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिनु उपयुक्त हुने बहस सतहमा छ ।

सरकार एमाले–माओवादीले नै चलाउने निश्चतजस्तै छ । स्थानीय निर्वाचनमा समेत २ नम्बर प्रदेशबाहेक अन्यत्र एमाले नै ठूलो दल छ । राष्ट्रपति भण्डारीको ब्याकग्राउण्ड पनि एमाले नै हो । अतः दुई वर्षअघि एमालेका तत्कालीन महासचिव र जनतामाझ निकै लोकप्रिय नेता मदन भण्डारीको सम्मानस्वरुप उनकी पत्नीलाई राष्ट्रपति बनाएको एमालेले उनकै सम्मानस्वरुप थप ५ वर्ष वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिँदा कसैले पनि अन्यथा लिने छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।