अब प्रतिनिधिसभामा नेतृ अनुराधाको खरो प्रश्तुती र आवाजको कमी महशुस हुनेछ !

काठमाडौ, भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना सदस्य निर्वाचित भईसकेका छन् र समानुपातिक बाट ११० सांसद प्रतिनिधि सभामा आउनेछन्। यस पटकको चुनावमा जनताले प्रतिनिधी सभामा देख्न चाहेका केहि चर्चित र लोकप्रिय उम्मेदवारले चुनाव हारे।

दोस्रो संविधानसभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सांसद अनुराधा थापामगरले संसदमा उठाउने विषय र उनको प्रस्तुतिले सबैलाई आकर्षित बनाउथ्यो। खरो रुपमा उनी संसदमा प्रस्तुत हुन्थिन्।

भारतीय नाकाबन्दीको खुलेर विरोध गर्ने कम सांसदहरु मध्येकी एक थिइन् अनुराधा थापामगर। त्यस्तै भ्रष्टचार,बेथिती लगायतको मुद्धामा उनी चर्को स्वरमा बिरोध गर्थिन्। उनले बोलेका कुराहरु मिडियाहरुमा प्रमुखताका साथ आउथे।

दक्षिण एसियामा भारतलाई छाडा साँढे नबन्न संसदबाटै चेतावनी दिएकी थिइन् थापामागरले।साथै भारतीय नाकाबन्दी र भारतले नेपालको सिमा मिचेको,भारतको सिमामा बस्ने नेपालीहरुलाई अनावश्यक दु:ख दिने र नेपालको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गर्ने लगायतको बिषयमा उनले जोडदार आवाज उठाउन गर्थिन्।

प्रष्ट वक्ता तार्किक कुरा गर्ने र निडर नेतृको पहिचान बनाएकी अनुराधा थापामगरलाई यसपटक प्रतिनिधी सभामा देख्न पाइने छैन।देश र समाजको हितमा बुलन्द हुने उनको आवाज संसदमा सुन्न पाईने छैन।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेकी अनुराधा थापामगर एमालेका महेश बस्नेतसँग पराजित भइन्। उनले ५ हजार ४ सय ७१ मत मात्रै पाइन् र तेस्रो स्थानमा रहिन्।

संसद सदस्यको रुपमा अनुराधाको बोली मिडियाहरुमा चर्चित बन्थे। सामाजिक संजाल अनुराधामय बन्थे। धेरैले उनलाई एउटा सशक्त महिला नेतृको रुपमा हरेका थिए। अबको पाँच बर्ष अनुराधालाई संसद भवनभित्र सांसदको रुपमा देख्न पाईने छैन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖