खाडी मुलुकका घरेलु कामदारको सुरक्षामा गम्भीर हुन आवश्यक

काठमाडौँ । दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ), स्विस सहयोग नियोग (एसडिसी) र युएन ओमनले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारीमा लैङ्गिक संवेदनशीलताबारे बहुसरोकार परामर्श’ कार्यक्रमका सहभागीले खाडी राष्ट्रमा जाने महिला कामदारको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आइएमओ, अमेरिकाका वरिष्ठ अधिकृत युको हमादा र आइएमओका परामर्शदाता मारी जोसे तायहले कार्यपत्र प्रस्तुत गर्दै विशेषगरी खाडीमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै सो समाधानका लागि गन्तव्य मुलुक र कामदार पठाउने मुलुकले लैङ्गिक संवेदनशीलता अनुगमन संयन्त्रको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट गन्तव्य मुलुक कुवेत, लेवनान, बहराइन र जोर्डनमा गएका घरेलु कामदारलाई लक्षित गर्दै गरिएको सर्वेक्षण र अध्ययनका आधारमा तयार पारिएको सो कार्यपत्रमा ती मुलुकमा घरेलु महिला कामदारसम्बन्धी स्पष्ट कानून नहुँदा कामदारले विभिन्न समस्या भोग्नुपरेको उल्लेख छ ।

सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित द्विपक्षीय श्रम सम्झौता गरेर कामदार पठाउन पहल गर्न आवश्यक रहेकामा कार्यपत्रले जोड दिएको छ ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अधिकार र सुरक्षाका विषयमा नेपाल सचेत रहेको बताउँदै त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेले पटकपटक गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाका विषयमा कुरा राखे पनि धेरै मुलुकबाट अझै स्पष्ट जवाफ आइनसकेको बताउनुभयो ।

आइएमओ, नेपालका नियोग प्रमुख पउल आई नोर्टोनले दक्षिण एसियाबाट खाडीमा घरेलु कामदारका रुपमा जाने संख्या ठूलो रहेको भन्दै उनीहरुको सुरक्षा र अधिकारका विषयमा यो क्षेत्रका देश संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खाडी राष्ट्रमा कार्यरत कूटनीतिक नियोगका कर्मचारी र श्रम सहचारीको उपस्थिति रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।