कांग्रेसका युवा नेता प्रदीप पौडेललाई हराएकी आशाले सपथ लिन नपाउने

काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पराजित गरी ५ मतले विजयी भएकी माओवादी केन्द्रकी आशा कोइरालालाई तत्काल सांसद पदमा सपथ लिन सर्वोच्च अदालतले रोक लगाएको छ।

सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफल नभएसम्म कोइरालालाई सपथ लिन रोक लगाएको हो। सर्वोच्चले विपक्षी निर्वाचन आयोगसँग पनि लिखित जवाफ माग गरी सपथ ग्रहण तथा कामकाज हाल नर्गन अन्तरकालीन आदेश जारी गरेको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलाशले आयोगलाई छलफलमा बोलाउँदै पुस १९ बुधबारसम्म कोइरालाको सपथ ग्रहणलाई रोक लगाएको हो। सर्वोच्चले अन्तरिम आदेश गर्ने÷नगर्ने विषयमा छलफल गर्न दोस्रो सुनुवाइका बेला सबै पक्षलाई झिकाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।