इटहरीमा प्रहरी र सिटी सफारी चालक बीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
मुख्य राजमार्गमा सिटीसफारी चलाउन रोक लगाउने सरकारको निर्णयविरुद्ध विरोधमा उत्रिएका सिटी सफारी चालक र प्रहरीबीच झडप हुँदा इटहरीमा तनाव भएको छ । सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका सिटी सफारी चालक र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सिटी सफारी चालक आक्रोशित भएपछि प्रहरीले केही शेल अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले अश्रुग्यास हानेपछि इटहरीमा तनाव भएको छ ।

सिटीसफारीका कारण दुर्घटनाको जोखीम बढेको बताउँदै सरकारले मुख्य राजमार्गमा कुदाउन रोक लगाएपछि झापा र मोरङका चालक आन्दोलित भएका छन्।

– फोटो विमलमान श्रेष्ठको फेसबुकबाट


