जनमतको कदर गर्दै बहुमत ल्याउने दललाई सत्ता हस्तान्तरण गरिनुपर्छ : पूर्व मन्त्री गुरुङ

पोखरा, ८ पुस । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्व मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जनमतको कदर गर्दै बहुमत ल्याउने दललाई सत्ता हस्तान्तरण गरिनु पर्नेमा जोड दिनुभएको छ ।

बाह्रबिसे पैगिलामा परिवार, पोखराको २५औँ वर्षगाँठको अवसरमा संस्थाद्वारा प्रकाशित स्मारिकाको आज विमोचन गर्दै उहाँले तर जनमतको अपमान गर्दै खोचे थापेर सत्ता लम्ब्याउने चालबाजी शुरु गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश नं ४ को मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चामा रहनुभएका गुरुङले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको र समानुपातिकतर्फको मतपरिणाम निर्वाचन आयोगले घोषणा गर्नासाथ राष्ट्रपतिले बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गरेर सरकार गठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एकै वर्षमा केन्द्र, प्रदेश र स्थानीय तीनवटा सरकार तथा केन्द्रीय र प्रदेश सरकार एकैचोटी बन्नु विश्वमै विरलै हुने गरेको चर्चा गर्दै एमाले सचिव गुरुङले प्रदेश सरकार र स्थानीय सरकार बनेपछि जनताको विकास र निर्माण घरआँगनमै आएको बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्यद्वय रवीन्द्र अधिकारी, जगतवहादुर सुनार विश्वकर्मा र प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङलगायतका वक्ताले संविधान कार्यान्वयनपछि दिगो शान्ति, विकास र समृद्धितर्फ देश उन्मुख हुने विचार व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष गोपालबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बाह्रबिसे पैगिलामा परिवारबाट चिकित्सक, इञ्जिनियर, बिएस्सी नर्सिङ उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।