क्यान्सर पीडित धनराज राईको सहयोग याचना !

पाँचथर । कमजोर आर्थिक अवस्थाका कारण क्यान्सर रोगको उपचार गर्न नसकेर जीवनमृत्युको दोसाँधमा रहेका धनराज राईले सहयोगको याचना गरेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङस्थित दुकिराङका ४२ बर्षिय राईले पेटमा भएको क्यान्सरको शल्यक्रिया गर्न सात लाख रुपैंयाँ अभाव भएकोले उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

गत असारमा अचानक घरमा ढलेर बेहोस भएका राईलाई उपचारको लागि काठमाण्डौ लगिएको थियो । राजधानीको वीर अस्पतालमा उपचाररत उनको आन्द्रामा अल्सर देखिएपछि चिकित्सकले परीक्षण गर्दा क्यान्सर पत्ता लगाएको थियो ।

चिकित्सकले क्यान्सर शल्यक्रिया गरेपछि निको हुने आशा देखाएपनि ७ लाख रुपैंयाँ जुटाउन नसकेपछि मनकारी सहयोगी हातहरुलाई अनुरोध गरेको क्यान्सरपीडित राईले बताए ।

विभिन्न संघ संस्थामा आवद्ध रही समाजसेवा गर्दै आएका राईको आर्थिक अवस्था नाजुक रहेकोले सरकारी निकायले समेत सहयोग गर्न सिफारिस–पत्र प्रदान गरेको छ ।

उनको उपचारमा ऋण सापटी लिएको दुई लाख रुपैंयाँभन्दा बढी खर्च भइसकेको क्यान्सर पीडित राईले बताए । उनलाई सहयोग गर्न प्राइम बैंकको खाता नं ०४५००६९१पिएस र ग्लोबल आइएमइ बैंकको खाता नं ३६०७१००११५२० मा जम्मा गरी मोवाइल नं ९८००९५९०२४ मा जानकारी गराउन सकिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।