१६ वर्ष अगाडि सरकारलाई बुझाएको हतियार अझै फिर्ता भएन

म्याग्दी । सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत राज्यले आफ्नो अनुमतिप्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताउनुभयो ।

इजाजत नं २७७१ भएको एकनाले १२ बोरे ओके ३९ नंको एक थान बन्दुक बुझाए पनि शान्ति प्रक्रिया आएसँगै पटक पटक सो गणमा ताकेता गर्दासमेत आफ्नो हतियार फिर्ता नभएको उहाँको गुनासो छ ।

उक्त गणले आफ्नो हतियार नभेटिएको भन्ने प्रतिक्रिया दिएपछि छन्त्यालले रक्षामन्त्री भीमसेनदान प्रधानलाई भेटी आफ्नो हतियार फिर्ताका लागि ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले हालै रक्षा मन्त्रालयमा पुगेर मन्त्री प्रधानलाई ज्ञापनपत्र बुझाउँदै आफूले तत्कालीन सेनालाई बुझाएको हतियार खोजविन गरी फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।