नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

काँकडभिट्टा । नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफँैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ।

ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।

“न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ”, युवा वैज्ञानिक रोहितले भन्नुभयो, “परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।