मदिरा सेवनबाट उत्पन्न विवादपछि काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ।

बुधबार राति भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो।

होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी बृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठले भने ‘होटेल पक्ष र गुरुङबीच झगडा भएको देखिएको छ। थप अनुसन्धान गर्दैछौं।’

मदिरा सेवनबाट उत्पन्न विवादपछि होटल प्रशासन र गुरुङबीच झगडा भएको प्रहरीको भनाइ छ।

गुरुङ बुधबार साँझ उक्त होटेलमा बस्न पुगेका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेल कर्मचारीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖