जनमतको कदर गर्न काँग्रेसले सामान्य नैतिकता पनि देखाउन सकेन : नेता नेपाल

अध्यादेशको विषयवस्तुमा आपत्ति छ : नेता नेपाल

काठमाडौं, १४ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश जारी गर्न आफ्नो पार्टीले लचकता प्रस्तुत गरेको भए पनि विषयवस्तुमा आपत्ति रहेको बताउनुभएको छ ।

एमाले पेशागत जिल्ला कमिटी काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले मुलुकमा दलहरुबीच समझदारीको राजनीतिलाई कायम गर्न एमालेले भूमिका निर्वाह गरेको बताउँदै नेपाली काँग्रेसले जनमतको कदर गर्न सामान्य नैतिकता पनि देखाउन नसकेको विचार व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचन आयोगले पनि प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक नगरेर अन्योलको वातावरण सिर्जना गरेको आरोप लगाउनुभयो । नेता नेपालले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताबाहेक अन्य विकल्प नरहेको बताउँदै जनतासँग गरिएको बाचा पूरा गर्न एकताको प्रक्रियालाई बहस र छलफलको माध्यमबाट टुङ्गो लगाइने बताउनुभयो ।

नयाँ बन्ने सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताको सिद्धान्त बनाई कामगर्ने उहाँको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।