सुष्मा स्वराज काठमाडौँमा, पहिलो भेट ओलीसँग, राजपा नेताहरुलाई पनि आजै भेट्ने

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज निर्धारित समय भन्दा एक घण्टा ढिलो काठमाडौं उत्रेकी छन् । उनको निर्धारित समय साढे तीन बजे आइपुग्ने भनिए पनि उनी ४.३० मा मात्र उत्रिएकी हुन ।

उनको विमान केही बेर एअर ट्राफिकमा परेर नेपाली आकाशमा होल्डसमेत भएको हो । यद्यपी उनको उडान नै भारतबाट समय भन्दा केही ढिलो सुरु भएको थियो ।

विमानस्थलमा मन्त्री स्वराजलाई अर्थ राज्यमन्त्री उदय शमसेर राणा र परराष्ट्रका अधिकारीहरुले स्वागत गरेका थिए । राणाका अनुसार स्वराजले आफु नितान्त राजनीतिक भ्रमणमा काठमाडौं आएको बताएकी छन् ।

स्वराज सिधै सोल्टी होटल जानेछिन् । उनको सम्मानमा एमालेले रात्रीभोज राखेको छ र, त्यहीँ भेटवार्ता हुनेछ ।विदेशमन्त्री स्वराजले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्ने भएकी छन् । आजै साँझ साढे ६ बजे स्वराजले नेपालका भावी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वराजले राजपा नेताहरुलाई आजै भेट्नेछिन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।