सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै सर्वोच्च अदालत

पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न आदेश

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णयलाई हाललाई अर्को आदेश नहुँदासम्म यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नं १२ गोलगोल खाँडा सार्ने निर्णय गरेको थियो । अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदकका तर्फबाट कानून व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गर्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।