जोन तामाङ हराउनुको मुख्य कारण प्रअ ओली !, कार्वाही गर्न परिवारको माग

ललितपुर, १८ माघ । जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार फुलचोकीको जंगलमा भेटिएका हुन् । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने÷नहुनेमा शंका रहेको बताउनुभयो ।

उनको लापरबाही रहेकाले कारबाही हुनुपर्ने राईले बताउनुभयो । प्रअ विद्यार्थीको संरक्षक हुनुपर्नेमा उल्टो खतरा ठाउँमा पु¥याएको आरोप लगाउँदै उहाँले प्रअको लापरबाहीले गर्दा जोनले दुःख पाएका छन् । जोन ठीक भएपछि घटनाका विस्तृत विवरण थाहा हुनेछ, उहाँले भन्नुभयो– “लैजानु नै गल्ती हो, सजाय हुनुपर्छ ।”

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी प्रअलाई उसले गरेको गल्तीको सजाय हुनुपर्ने बताउँदै “खतरा हुने ठाउँमा एक्लै लामो गोरेटो बाटो हिँडाएर लैजानु नै गल्ती हो,”भन्नुभयो ।

शिक्षा नियमावलीमा प्रअको गल्तीका कारण विद्यार्थीले दुःख पाउँदा के सजाय हुने भन्ने किटान छैन, उहाँले भन्नुभयो–“जुनसुकै व्यवस्थाका आधारमा भए पनि उनलाई कारबाही हुनुपर्छ ।”

ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचाररत रहेका जोनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको छ । जोन अहिले सामान्य बोल्ने र खाने भएका छन् । आमाबाहेक अरुलाई भेटेका भने छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।