ओली र सुष्मा स्वराजबीच ‘वान टु वान’ बार्ता, के-के भयो कुराकानी ?

काठमाडौं, १८ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ ६ ४५ बजेदेखि लगभग साढे सात बजेसम्म गोप्य छलफल भएको हो।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताको भेटको समय छुट्याइएको थिएन । उनीहरुले झन्डै पौने घन्टा कुरा गरेकाे र यसपछि एमाले नेताहरु र भारतीय प्रतिनिधि मण्डलबीच कुरा भइरहेकाे बताइएकाे छ ।

दुई दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसो ४ बजे विशेष विमानबाट काठमाडौं ओर्लिएकी स्वराजले पहिलो राजनीति भेट ओलीबाट सुरु गरेकी हुन्। ओली र स्वराजबीच एमाले-माओवादी पार्टी एकता र नयाँ सरकार गठनका विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।

एमालेले उनको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ। एमालेको रात्रीभोजपछि मधेसकेन्द्रीत दुई दल राजपा र फोरमका नेताहरु पनि स्वराजलाई भेट्न सोल्टी होटल पुगेका छन्।

यसअघि त्रिभुवन विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताएकी थिइन । अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने प्रतिक्रिया दिएकी हुन् ।

नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई आफ्नो भ्रमणले अझै मजबुत बनाउने उनको विश्वास छ । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्ने कार्यक्रम छ। स्वराज भोलि नै स्वदेश फर्कने छिन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।