सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै केपी ओलीसंग माधव नेपाल र झलनाथ खनाल फायर

काठमाण्डौ, १९ माघ । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले हिजो सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको थियो । उक्त डिनर मिटिङ पूर्व एमाले अध्यक्ष ओलीले स्वराजसँग करिब एक घण्टा वान टु वान भेटवार्ता गरेका थिए ।

त्यसको लगत्तै अध्यक्षसहित एमाले नेताहरुले स्वराजसँग सामूहिक भेटवार्ता गरे । जसमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्बाङ्, सचिव प्रदिप ज्ञवाली, नेताहरु विष्णु रिमाल, डा। राजन भट्टराई र डा। युवराज खतिवडा सहभागी थिए ।

स्वराजसँगको भेटवार्तामा आफू पक्षका एक जनालाई पनि सहभागी नगराईएको भन्दै नेताहरु खनाल र नेपालले तिव्र असन्तुष्टि पोखेको स्रोतको दाबी छ ।
स्वराजले पनि अध्यक्ष ओलीलाई विशेष महत्व दिएर भेटवार्ता गरेकी थिईन् । उनले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि भेटेरै शुभकामना दिनका लागि पठाएको उल्लेख गर्दै ओलीलाई बधाई दिएकी छिन् ।

काठमाडौं आएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेकी उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन । त्यसक्रममा मन्त्री स्वराजले प्रधानमन्त्री मोदीले दुईपटक गरेको टेलिफोन वार्ताको प्रसंग कोट्याउँदै उनको सन्देश भेटेरै सुनाउन आएको बताएकी स्रोतको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।