यस्तो सन्देश बोकेर ओलीलाई भेटिन स्वराजले !

काठमाडौं, १९ माघ । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि भेटेरै शुभकामना दिनका लागि पठाएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएकी छिन् ।

काठमाडौं आएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेकी उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन । त्यस क्रममा मन्त्री स्वराजले प्रधानमन्त्री मोदीले दुइपटक गरेको टेलिफोन वार्ताको प्रसंग कोट्याउँदै उहाँको सन्देश भेटेरै सुनाउन आएको बताएकी थिइन् ।

‘प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाई दिनुभएको छ । उहाँले मिलेर काम गर्न तयार रहेको पनि बताउनु भएको छ’ स्वराजको भनाई थियो,‘नेपाली जनताको यत्रो बिश्वास तपाईले प्राप्त गर्नुभएको छ । म उहाँकै सन्देश बोकेर भेट्न आएकी हुँ ।’

उनले ओली नेतृत्वको वामपन्थी सरकारसँग काम गर्न भारत सरकार तयार रहेको भन्दै भारतमा स्वागत गर्न आतुर रहेको पनि दोहोर्याइन् । ओली नेतृत्वको सरकारले नेपाललाई स्थायित्व दिने र बिकासतर्फ डोहोर्याउने भन्दै त्यसका लागि भारतका तर्फबाट सहयोग रहने उनले बताएकी थिइन् ।

नेपालले नयाँ संविधान बमोजिम तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा पनि बधाई दिएक थिइन । भारतले नयाँ संविधानलाई स्वागत नगरी ‘नोट’ मात्र गरेकोमा स्वराजले त्यसै संविधान बमोजिमका निर्वाचन र त्यसको जनादेशप्रति भारतको पूर्ण सम्मान र बिश्वास रहेको जनाएर सविधानलाई स्वागत गरेकी हुन् ।

विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शुक्रबार बिहान भेटवार्ता गरेकी छिन् । उनले राष्ट्रपति बिद्यादेबी भण्डारीलाई १२ बजे र प्रधानमन्त्री शेरबहादुर देउवालाई १२.३० मा भेट्दैछिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।