बालुवाटारको लञ्च खाएर स्वदेश फर्किन स्वराज !
काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।

नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् । हिजो अपरान्ह काठमाडौं ओर्लिएकी स्वराजले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी थिईन् ।
लगत्तै उनले राजपाका नेताहरुसँग भेट गरेकी थिईन् । त्यस्तै उनले आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिन् । त्यसपछि उनले फोरम नेपालका अध्यक्ष उपेन्द यादवसँग पनि वान टु वान भेटवार्ता गरिन् ।
स्वराजले भारत उड्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरिन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको लञ्च खाएर स्वदेश फर्किएकी हुन् ।


