एमाले उपाध्यक्ष रावलले भने,- कार्यसूचिबिनाको स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन

काठमाण्डौ, माघ २० । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् ।

खाश कार्यसुचि केही नभएकाले र कुनै सम्झौता गर्न आएको नभै सामान्य भेटघाटका लागि आएको अवस्थामा सफलता र असफलता भनेर टिप्पणी गर्न आवश्यक नरहेको रावलको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले स्वराजको भ्रमण सद्वाभनाको रुपमा मात्रै लिइएको स्पष्ट पारे ।

विगतमा भारत र नेपालकाबिचमा समस्या उत्पन्न भएको स्मरण गराउँदै रावलले भने, “संविधान बनाउँदा नाकाबन्दीसमेत भयो । अब त्यो स्थितीलाई भारतले सुधारेर गयो भने यो भ्रमणलाई सफल भन्न सकिएला ।”

विगतमा भारत र एमालेबिचको तिक्तता मेटिएको हो भन्ने प्रश्नमा भने रावलले आफू स्वराजसँगको भेट वार्तामा सहभागि नभएकाले के उपलब्धि भयो भन्ने विषयमा जानकार नरहेको बताए ।

आफू राष्ट्रिय राजनीतिका सन्दर्भमा अछाम पुगेको जानकारी दिँदै रावलले सबै कुरा थाहा नभएको बताए ।

नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता र पारस्परिक हितका आधारमा भारतसँग सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तयार रहेको रावलको भनाई छ ।

“हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्नुभएन । हामीले संविधान बनाउँदा हामीमाथि किन नाकाबन्दी गर्ने ?” रावलले भने ।

नेपालले संविधान बनाउँदा भारतले नाकाबन्दी गर्दा त्यसको प्रतिकार एमालेले सशक्त रुपमा गरेकोले एमालेलाई भारतविरोधी भनिएको उनको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।