३ हजारलाई स्मार्ट लाइसेन्स वितरण

कैलाली, २० माघ । साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले चालू आर्थिक वर्ष २०७४÷०७५ माघ १८ गतेसम्म स्मार्ट लाइसेन्सका लागि छ हजार १०३ जना आवेदकले आवेदन दिएको र सोही मितिसम्म दुई हजार ९२४ थान लाइसेन्स वितरण गरेको बताउनुभयो ।

उहाँले पुरानो लाइसेन्स नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि नयाँ लाइसेन्सको पनि यही माघ महिनाभित्रै स्मार्ट लाइसेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयले अटोरिक्साको पनि लाइसेन्स वितरण थालिसकेको र विद्युतीय रिक्साको भने निकट भविष्यमै सो प्रक्रिया पनि शुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालय जनाएको छ ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आवको छ महिनामा रु १८ करोड, ६९ लाख ९१ हजार ६९ राजश्व संकलन गरेको जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।