झापामा पनि सिमा मिच्दै भारतीय पक्ष, यसरी गर्दैछ धमाधम सडक निर्माण – हेर्नुहोस् भिडियो सहित
झापा, दक्षिणी झापाको कचनकवल गाउँपालिका – १ को पिण्डलवारीसंग सिमा जोडएको दशगजा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । किसनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत र कचनकवल गाउँपालिका – १ को पिण्डलवारीको दशगजा क्षेत्रमा भरतीय पक्षले सिमा मिच्दै सडक निर्माण कार्यलाई तीव्रता दिएको हो । नेपाल र भारत सिमाको १२७ नम्वर पिलरदेखि १२९ नम्वरसम्मको दशजगा क्षेत्रमा भारतले अहिले धमाधम सडक निर्माण गरिरहेको छ ।
अन्तराष्ट्रिय कानून तथा दुई देशवीच भएको सम्झौता अनुसार दशजगा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, वसोवास गर्न पाइदैन । तर, भारतीय पक्षले अहिले १२७ नम्वर पिलरदेखि १२९ नम्वर पिलरसम्मको दशजगा क्षेत्रको मध्य भागमा नेपालतर्फ पिचवाटो निर्माणको काम तीव्र पारेको छ । पूर्वलीकर्मी उक्त क्षेत्रमा पुग्दा सडक निर्माण भइरहेको र भारतीय क्षेत्रमा वसोवास गर्ने भारतीयले आफूहरुलाई दशगजा क्षेत्रको वारेमा कुनै जानकारी नभएको बताए ।
वाह्रदशी गाउँपालिका वाड नम्वर २ का स्थानीय खगेन्द्र ओझाले भारतले दशजगाको महत्व नै नवुझेर अतिक्रमण गरेको आंशका व्यक्त गर्दै नेपाल सरकारले दशजगा क्षेत्रमा सिमा सुरक्षाका लागि प्रभावकारी कदम चाल्नु पर्ने बताए ।
आफूलाई किसनजञ्ज जिल्ला धन्तोला ग्राम पञ्चायतको सदस्य बताउने तेजनारायण गिरीले भारतसरकारको प्रधानमन्त्री कोषबाटै सडक निर्माणका लागि वजेट विनियोजन भएपछि आफूहरुले सरकारी योजना अनुसार सडक निर्माण गरिरहेको बताए । उनले धन्तोला ग्राम पञ्चायतबाट दिघलवैंक वजारसम्म जोड्ने सडक निर्माण सुरु गरिएको बताएका छन् ।


