दरबारमार्ग बलात्कार प्रकरणबारे युवतीको बयान : कुरा नमिलेपछि बलात्कारको आरोप लगाएँ !
काठमाण्डौं, २१ माघ । दरबारमार्गको बलात्कार प्रकरणबारे पीडित युवतीसँग प्रहरीले बयान आफूलाई जबर्जस्ती बलात्कार नभएको प्रहरीमा बयान दिएकी छिन् ।
माघ ७ गते काठमाण्डौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन् ।
यस्तो छ युवतीले दिएको बयानः
शैलेस कार्कीसँग साथीको रुपमा चिनजान भई हामीहरुले बेलाबखतमा भेटेघाट हुने घुम्न जाने सँगै बस्ने गर्दथ्यौं । हामीहरु विवाह गर्ने समेत सरसल्लाह भइसकेको कारणले मलाई गते यकिन थाहा भएन आजभन्दा २ महिना अगाडि काठमाण्डौ चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात हामी सँगै बसेकामा निज र मेरो सल्लाह अनुसार शारीरिक सम्पर्कसमेत भएकोमा माघ ७ गते राति समयमा कमलादीमा रहेको होटेल ल्याण्डमार्कको कोठा नम्बर ४०५ बुक गरी हामीहरु दुवै जना सँगै बसेकोमा हामीले बाइन रक्सी समेत सेवन गरेकोमा उक्त दिन हामीहरुले दुवै जनाको सल्लाहमा एक चोटी शारीरिक सम्पर्क भएकोमा पछि निज शैलेश कार्कीसँग नशाको सुरमा विवाद भएको र निजले मलाई होटेलमा छोडी गएको कारण मैले रीसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालय गइ मलाई शैलेश कार्की समेत निजको साथीहरुले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ ।
रीसको आवेगमा मलाई होटेलमा जबरजस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो । मलाई कोही कसैकसैले पछि अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता कुनै अनैतिक कार्यहरु गरेको छैन । अब आइन्दा यस विषयलाई लिएर कहीँ कतै उजुरी गर्नेछैन । – काठमाण्डूटुडेबाट


