विवाद सँगै सुरु भएको प्रदेश २ को बैठक सम्पन्न, दोस्रो बैठक माघ २९ गते

जनकपुर, २१ माघ । प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते गर्ने तयसहित प्रदेश नम्बर २ को बैठक सम्पन्न भएको छ ।

आइतबार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले माघ २९ गते दोस्रो बैठक आह्वान गर्दै फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो ।

बैठकको सुरुवातमै प्रदेश सभा हलमा मधेस आन्दोलनका शहीदको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले विवाद गरेका थिए । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले निर्वाह गरेका थिए । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् ।

बैठकमा पहिलो सम्बोधन संघीय फोरमका सांसद लालबाबु राउतले गरेका थिए । सम्बोधनका क्रममा उनले आन्दोलित वीरगञ्जलाई पनि चित्त बुझ्ने गरी निर्णयहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश नं २ मा संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस र माओवादी गरी पाँच राजनीतिक दलका नेताको प्रतिनिधित्व रहेको छ । हदिश खुद्दार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।