दुग्ध बिकास संस्थानमा रक्तदान !
हेटौडा, २१ माघ । धनकुटा खबर । दुग्ध बिकास संस्थानमा कार्यरत एमाले निकट कर्मचारी संगठन दुग्ध बिकास संस्थान कर्मचारी संघ नेपालको २८ औं स्थापना दिवसको उपलक्ष्यमा हेटौडा दुग्ध बितरण आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लामा रगतको अभावलाई केहि हदसम्म भएपनि परिपुर्ति गर्नको लागी गरिएको उक्त कार्यक्रममा डिडिसि पशु आहारा उत्पादन कारखाना हेटौडा र डिडिसि हेटौडा दुग्ध बितरण आयोजनामा कार्यरत १३ जनाले रक्तदान गरेका थिए ।
संघका अध्यक्ष आनन्द प्रसाद उपाध्यायको अध्यक्षता र आयोजनामा प्रमुख गणेश कुमार यादबको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


