एमाले-माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् : प्रचण्ड

काठमाडौं, माघ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।’

अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग आइतबार आफ्नै निवास खुमलटारमा छलफल गर्दै अध्यक्ष दाहालले जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन ।’

पार्टी एकता हुँदैन कि भन्ने अनेकन हल्ला चलिरहेकोतर्फ संकेत गर्दै उनले दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ नभएको बताए ।

‘भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म आफैँ स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन,’ अध्यक्ष दाहालले भने ।

एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल भइरहेको बताए । ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै एकता गर्नुपर्छ भन्नेमा केपी ओली र म दुवै लागिपरेका छौं,’ उनले भने ।

भेटमा सहभागी अखिल (क्रान्तिकारी)का उपाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार एकता घोषणा समारोहलाई भव्य बनाउने विषयमा समेत दुई पार्टीकाबीचमा छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।