विद्यादेवी भण्डारीको राष्ट्रपतिमा दोहोरिने इच्छा, प्रचण्डको ग्रिन सिग्नल, एमाले भित्रै विवाद

काठमाण्डौ, माघ २२। राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर पार्टी एकता गर्न सुझाब दिएकी छिन् ।

आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको छ ।

दुवै अध्यक्षलाई एकसाथ लञ्च मिटिङमा बोलाएर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी छिन् ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले र माओवादीबिच भागबण्डाको विषय बनिरहँदा भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी हुन् ।

भण्डारीको आग्रहप्रति प्रचण्डले पनि ग्रिन सिग्नल दिएको बताइएको छ । ओली त पहिलेदेखि नै भण्डारीकै पक्षमा थिए । भण्डारीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहोर्याउन आग्रह गरेकी छिन् ।

तर भण्डारीलाई दोहोरिन दिने विषयमा एमालेभित्रै एकमत छैन ।

पूर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । कतिपयले खनाललाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।