धर्म–कर्ममा सक्रिय हुँदै प्रचण्ड !, देवघाटको महायज्ञमा १ लाख दान

काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष धर्म–कर्ममा सक्रिय हुन थालेका छन् ।

धर्मलाई ‘अफिम’ मान्ने कम्युनिस्ट दलका अध्यक्ष रहेका प्रचण्डले सोमवार तनहुँको देवघाटमा सञ्चालित धनधान्याचल विराट महायज्ञमा १ लाख रुपैयाँ दान गरेका छन् ।

सुटुक्क चितवन आएर देवघाट पुगेका प्रचण्ड सोमवार महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागी भए । महायज्ञलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई धर्म विरोधी भनेर गरिएको प्रचार गलत भएको बताए । आफूहरुले जनताको धार्मिक आस्थालाई हृदयदेखि नै सम्मान गरेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले राज्यका नजरमा सबै धर्म समान रहने भन्दै कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्ने आफ्नो मान्यता रहेको पनि बताए । प्रचण्डले देवघाटधाममा रहेका मन्दिर, आश्रम र विद्यालयहरुको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।