दरबारमार्ग बलात्कार प्रकरण : युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलासा

काठमाण्डौं, दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन्। उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए। उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए।

‘घटना सुनियोजित ढंगले भएको देखिन्छ। युवतीको बयान र भेटिएका तथ्य विश्लेषण गर्दा मुख्य योजनाकार उनकै ब्वाइफ्रेन्ड भएजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनलाई दिपक श्रेष्ठले साथ दिएको देखिन्छ। घटनाका अरोपी सबै फरार रहेकाले अनुसन्धानपछि मात्र खुल्नेछ।’

भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै छ। त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए। हेटौँडाबाट दिपक र विकास काठमाडौं आएका थिए। उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए। तीनजनालाई होटलमै बस्न भनेर शैलेश र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए। त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ छ।

‘चेन्नाईमा अटो एक्सपो हुँदै रहेछ। त्यसैमा भाग लिन सबै जम्मा भएका रहेछन्। राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए। रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो। त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने। बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका शैलेश भने चेन्नाई जान सकेनन्। तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले पनि चेन्नाईमा हुने अटो एक्सपोमा भाग लिन जम्मा हुने क्रममा बलात्कारको घटना भएको बताए। घटनामा संलग्न कोही पनि पक्राउ नपरेकाले विस्तृत रूपमा भन्न कठिन रहेको उनको भनाइ छ।

बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो। पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए। प्रहरीले आफ्नो हिस्सा खोज्यो। हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी। दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो। बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो। सइ भण्डारी अहिले निलम्बनमा छन्।यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।