प्रदेश नं १ मा दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

विराटनगर, २३ माघ । प्रदेश नं १ मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा .बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।

निर्वाचनलाई दृष्टिगत गरी सुरक्षाको व्यवस्थासमेत मिलाइएको छ । सो प्रदेशबाट आठ जना निर्वाचित हुनुपर्नेमा महिला र खुला गरी छ जना निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
एक पद दलित र एक पद अपाङ्ग÷अल्पसंख्यकका लागि मतदान हुँदैछ । सो प्रदेशमा ३६७ मतदाता छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।